Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोटीमा बोलेरो जिप दुर्घटना, १२ जना घाइते

डोटीमा बोलेरो जिप दुर्घटना, १२ जना घाइते

आइतवार , मंसिर १४, २०८२

डोटी । दिपायलबाट आदर्श गाउँपालिका–४ गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

सुपप्र. ०२–००१ च ११३५ नम्बरको बोलेरो आदर्श गाउँपालिका–४ ल्वारेगडामा बेलुकी करिब ७ बजे कच्ची सडकमा अनियन्त्रित भई करिब सय मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनापछि तुरुन्तै उद्धार कार्य प्रारम्भ गरिएको छ ।

प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले स्थानीयको सहयोगमा सबै घाइतेलाई निकालेर उपचारका लागि काँणीस्याउलेस्थित जिडी पोलिक्लिनिक पुर्‍याएको छ ।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको जनाएको छ । अनियन्त्रित जिप खसेको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077