Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वता : शंकर पोखरेल

मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वता : शंकर पोखरेल

शनिवार , मंसिर २०, २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा हालसालै भएको नेतृत्व परिवर्तनलाई नेपाली लोकतन्त्रको परिपक्वताका रूपमा व्याख्या गरेका छन् ।

उनले मधेसी जनताको वास्तविक जनादेशअनुसार नयाँ नेतृत्व उदाएको उल्लेख गर्दै यो परिवर्तन नेपालको संघीय राजनीतिमा महत्वपूर्ण मोड भएको बताएका हुन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडेको बताउँदै उनले अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गरे ।

नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य रहेको उनको भनाइ छ।

'मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए । नेपाली राजनीतिमा देखिएको यो परिवर्तन निश्चय नै सकारात्मक र स्वागतयोग्य छ। मधेसी जनताको जनादेश अनुरुपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो,' उनले लेखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077