Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशमा कांग्रेस-एमालेका मुख्यमन्त्री हुन सक्दैन भन्ने धारणा टुट्यो: महासचिव पोखरेल

मधेशमा कांग्रेस-एमालेका मुख्यमन्त्री हुन सक्दैन भन्ने धारणा टुट्यो: महासचिव पोखरेल

शनिवार , मंसिर २०, २०८२

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेशमा कांग्रेस र एमालेका मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा तोडिएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले एमालेका सरोज यादव र नेपाली कांग्रेसका श्रीकृष्ण यादवले पुरानो पूर्वाग्रह तोड्दै मधेस प्रदेशमा नयाँ राजनीतिक उदाहरण स्थापित गरेको बताएका हुन्।

पोखरेलले लेखेका छन्- 'मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए । यो परिवर्तन निश्चय नै स्वागतयोग्य छ । मधेसी जनताको जनादेशअनुरूपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो'

उक्त परिवर्तन नेपाली राजनीतिका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077