Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बौद्धस्थित एक घरमा आगजनी गरेको अरोपमा गुन्डागर्दी पृष्ठभूमिका लामा पक्राउ

बौद्धस्थित एक घरमा आगजनी गरेको अरोपमा गुन्डागर्दी पृष्ठभूमिका लामा पक्राउ

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । काठमाडौंको बौद्धस्थित धनबहादुर बुढाको घरमा आगजनी गरेको आरोपमा गुन्डागर्दी पृष्ठभूमिका विष्णु लामा पक्राउ परेका छन् ।

लामा शुक्रबार राति बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउको पुष्टि गर्दै लामालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

विष्णु लामा विगतमा पनि बारम्बार गुन्डागर्दी, डरधम्की र आपराधिक गतिविधिका आरोपमा पक्राउ पर्दै छुट्दै आउने गरेका व्यक्ति मानिन्छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077