एजेन्सी । अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शनिबार राति गएको भूकम्प ७.० म्याग्निच्युडको थियो ।
भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो।
स्थानीय अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्।