Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीमा टाटा गाडी भित्र्याउन चलखेल

प्रहरीमा टाटा गाडी भित्र्याउन चलखेल

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि पनि नेपाल प्रहरीको प्रबन्ध शाखामा हुने चलखेल रोकिएको छैन । प्रबन्धको खरिदमा अहिले पनि पहिलेजस्तै सेटिङ चलिरहेको छ ।

आन्दोलनपछि गाडी खरिदमा अहिले त्यस्तै चलखेल भइरहेको छ । प्रहरीले दुई चरणमा गाडी खरिद गर्न लागेको छ । नियमित बजेटबाट ८५ वटा बोलेरो गाडी खरिद गर्ने प्रक्रिया अघि बढेको छ ।

आन्दोलनमा प्रहरीका धेरै गाडी जलेपछि सरकारले थप ४५ करोड रुपैयाँ दिएको छ । सो रकमबाट टाटा गाडी खरिदका लागि प्रशासन विभागका एआईजी हिमालय कुमार श्रेष्ठले तयारी थालेका छन् ।

प्रहरी पहिलेदेखि नै टाटा गाडीबाट पीडित छ । चुनावमा विगतमा भारत सरकारले अनुदानस्वरुप दिएका टाटा गाडी केही महिनामै बिग्रिएका थिए। त्यसको मर्मतमै ठूलो खर्च हुँदा प्रहरी टाटा गाडीबाट पीडित छ ।

अहिले फेरि टाटा गाडी नै खरिद गर्न लागेपछि प्रहरीभित्रै असन्तुष्टि बढेको छ। कमिसनको चक्करमा कमसल गाडी खरिद हुन लागेको आरोप लागेको छ ।

त्यस्तै, चुनावका लागि भिड नियन्त्रणका लागि आवश्यक सामान खरिदका लागि पनि बिचौलियाहरु सक्रिय भइसकेका छन् ।

नयाँ आईजीपी दानबहादुर कार्कीले प्रहरीको खरिद प्रणालीलाई पारदर्शी गराउने अपेक्षा गरिए पनि एआईजी श्रेष्ठमा भने टाटा गाडीको मोह परेको स्रोत बताउँछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077