Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नै ४ महिने छोराको हत्या गरेको आरोपमा असई पक्राउ

आफ्नै ४ महिने छोराको हत्या गरेको आरोपमा असई पक्राउ

सोमवार , मंसिर २२, २०८२

काठमाडौँ । आफ्नै ४ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा नेपाल प्रहरीका असई पुष्कर कार्की पक्राउ परेका छन् ।

आइतबार दिउँसो सिनामंगलस्थित कोठा भाडा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका थिए भने श्रीमतीलाई कुटपिट गरेका थिए ।

त्यसपछि फरार भएका असई कार्कीलाई बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार जन्मेदेखि नै ब्रेन ट्युमरका कारण बिरामी रहेर उपचाररत शिशु सुतेकै अवस्थामा रहेका बेला असई कार्कीले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका हुन् ।

पक्राउ परेका कार्की अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077