Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ईश्वर पोखरेलले पार्टी मुख्यालयमा बुझाए ‘काउन्टर प्रस्ताव’ (पूर्णपाठ)

ईश्वर पोखरेलले पार्टी मुख्यालयमा बुझाए ‘काउन्टर प्रस्ताव’ (पूर्णपाठ)

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्।

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका थिए।

नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उक्त अवधारणापत्र सोमबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने छ।

मंसिर २७–२९ सम्म काठमाडौंमा हुन लागेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेलले फरक राजनीतिक प्रस्ताव पेश गर्दै छन्।

२७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएपछि भोलिपल्ट बन्दसत्रमा ओलीसँगै उनले पनि फरक राजनीतिक प्रस्ताव पेश गर्ने छन्।

वरिष्ठ-उपाध्यक्ष-कमरेड-ईश्वर-पोखरेलको-‘अवधारणा-पत्र-

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077