Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेको महाधिवेशन बिथोल्ने नियतसहित कुलमानले नागढुंगाको बाटो बन्द गरेको महेश बस्नेतको आरोप

एमालेको महाधिवेशन बिथोल्ने नियतसहित कुलमानले नागढुंगाको बाटो बन्द गरेको महेश बस्नेतको आरोप

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो आरोप लगाएका हुन् ।

सरकारले यहीँ मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित रहेको उनले बताए ।

एमालेको मंसिर २७-२९ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र नभइ प्रतिशोधको राजनीति भएको बस्नेतले आरोप लगाए।

तत्काल निर्णय फिर्ता गरेर पहिलो हप्तादेखि काम गर्नु सरकार र कुलमान दुवैको हितमा हुने उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077