एजेन्सी । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
जसमा कम्तीमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले भूकम्प स्थानीय समयअनुसार राति ११ः१५ बजे गएको जानकारी दिएको छ । यसको केन्द्र आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा जमिनमुनि ५० किलोमिटर गहिराइमा थियो ।
भूकम्पपछि सुनामीको चेतावनीहरू जारी गरिएको थियो, जसलाई अहिले हटाइएको छ । हजारौँ घरहरूको बिजुली आपूर्ति अवरुद्ध भएको थियो ।
स्थानीय सञ्चार माध्यमका अनुसार अधिकारीहरूले थप शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन् ।