Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले महाधिवेशनअघि पूर्वमन्त्री रानाको सक्रिय राजनीतिबाट सन्यास घोषणा

एमाले महाधिवेशनअघि पूर्वमन्त्री रानाको सक्रिय राजनीतिबाट सन्यास घोषणा

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वका लागि चलिरहेको तीव्र प्रतिस्पर्धाको बीच पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् सार्वजनिक वक्तव्य जारी गर्दै रानाले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र अब सक्रिय राजनीतिक भूमिकाबाट अलग हुने निर्णय बताएका हुन्।

'पारिवारिक समस्या प्रमुख कारण बनेकाले पार्टीको जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्थामा छैन,' उनले लेखे,'मंसिर २७–२९ मा काठमाडौंमा हुने एघारौँ महाधिवेशनदेखि सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको छु।'

रानाले सक्रिय राजनीति छोडे पनि पार्टी सदस्यको हैसियतले देश, जनता र पार्टीको हितमा आवश्यकताअनुसार योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077