काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरू नजाने भएका छन्।
भक्तपुरको सल्लाघारी स्थित चौरमा सुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा सहसंयोजक माधव नेपाल सहभागी नहुने भएका हुन् ।
यद्यपि शुभकामना दिन दोस्रो तहका नेताहरू एमाले महाधिवेशनमा पुग्ने छन्। कांग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ।
देउवालाई एमालेका महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौलाले निवासमै पुगेर बोलाएका थिए।
यस्तै, एमालेले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । तर, सो पार्टीबाट नेता देव गुरुङ सहभागी हुने भएका छन् ।
उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघरसंस्थालाई बोलाइएको छ ।