Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सक्रिय राजनीतिबाट बिदा, कुनै पनि पदमा नउठ्ने घोषणा

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सक्रिय राजनीतिबाट बिदा, कुनै पनि पदमा नउठ्ने घोषणा

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेकी छिन् ।

शाक्यले जारी महाधिवेशन केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमामा नयाँलाई अवसर दिने भन्दै कुनै पनि पदमा प्रतिस्पर्धा घोषणा गरेकी हुन् ।

७० वर्षे उमेर हदको वकालत गर्दै आएकी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बिदा हुन आग्रह गर्दै आएकी थिइन् ।

यसअघि उपाध्यक्ष युवराज ज्ञवालीले पनि यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शाक्य र ज्ञवालीले पार्टीमा भने आफ्नो अनुभवका आधारमा सक्रिय रहने बताएका छन् ।

उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षका नेता हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077