काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरूङको कास्कीस्थित घरमा पुगेका छन् ।
गृहमन्त्री अर्याल र आईजीपी कार्कीले आइतबार गुरुङको परिवारसँग भेटघाट गरेका हुन् । प्रहरी प्रभाग कोटेश्वर, काठमाण्डौमा कार्यरत रहेका गुरुङको गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा हात्या गरिएको थियो ।
सो भेटघाटका क्रममा गृहमन्त्री अर्यालले मृतकका परिवारलाई सान्त्वना दिदैँ प्रहरी संगठन र राष्ट्रका लागि प्राण उत्सर्ग गर्ने वीर सपुतको अभिभावक हुनुमा गर्व गर्नुपर्ने बताए । यस्तै प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनले गुरुङको बलिदान कदापी नबिर्सने प्रतिज्ञा व्यक्त गरे ।
जेनजी आन्दोलनको क्रममा अमरत्व प्राप्त गरेका जिल्ला कास्की, रुपा गाउँपालिका-५, रामदी घर भएका गुरुङको जन्म वि.सं २०५२ साल पौष १० गते भएको थियो । उनी २०७० साल असोज १५ गते देखिबाट नेपाल प्रहरी संगठनमा आवद्ध थिए ।
सो भेटघाटमा गृह सचिव रामेश्वर दंगाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज धिमिरे तथा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समेत सहभागी रहेको थियो ।