Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय परिचय पत्र विभागका दुईजना कर्मचारी पक्राउ

राष्ट्रिय परिचय पत्र विभागका दुईजना कर्मचारी पक्राउ

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई अनधिकृत रूपमा विवरण हेरफेर गरी परिचयपत्र बनाएको आरोपमा पक्राउ गरेको छ ।

सिआइबीका अनुसार सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्ड दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूको व्यक्तिगत विवरण परिवर्तन गरी राष्ट्रिय परिचयपत्र बनाइएको पाइएको हो ।

सोही अभियोगमा विवरण दर्ता अपरेटरका रूपमा कार्यरत महालक्ष्मी नगरपालिका–३, इमाडोल निवासी २८ वर्षीय सुनितप्रभाग रेग्मी र ललितपुर महानगरपालिका–१३ निवासी २८ वर्षीय आशिषबाबु कुमाललाई पक्राउ गरिएको छ ।

उनीहरूलाई सिआइबीले शनिबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को परिच्छेद ६ अन्तर्गत दफा ४१ अनुसार अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ।

अनुसन्धानलाई थप प्रभावकारी बनाउन जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077