काठमाडौं । मंगलबारदेखि नेपाल प्रहरीले नयाँ ढाँचामा देशभरीका कार्यालयहरुको मूल्याङकन गर्ने भएको छ । ९३ वटा सूचक तोकेर त्यहीआधारमा मूल्याङकन गर्न लागिएको हो ।
पुलिसिङलाई प्रभावकारी बनाउने उदेश्यले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नयाँ मुल्याङकन प्रणाली सुरु गरेका हुन् ।
गत २५ मंसिरमा बसेको पिसीसी बैठकले यससम्बन्धि निर्णय गरेको थियो । सोहीअनुसार १ पुसदेखि कार्यान्वायन गर्न लागिएको हो ।
यो मूल्याङकनको ढाँचा उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र तथा ७७ वटै जिल्ला प्रहरी कार्यालय र गणहरुलाई लागू हुनेछ ।
नियमित शान्ति सुरक्षादेखि फरार अपराधी पक्राउ लगायत विषयमा निश्चित नम्बर तोकेर मूल्याङकन हुनेछ ।
जसका लागि प्रहरी कार्यालयले हरेक दिन आफ्नो कार्यालयले गरेको कामको विवरण फरेर बुझाउनुनपर्ने हुन्छ ।
जसको मासिक तथा वार्षिक रुपमा मूल्याङकन गर्ने र सार्वजनिक गर्ने तयारी छ ।
मूल्याङकनमा कमजोर हुने कार्यालयका प्रमुखलाई हटाउने प्रहरी प्रधान कार्यालयको नीति छ ।
उत्कृष्ट काम गर्नेहरु भने पुरस्कृत हुनेछन् । यसले प्रहरीको काम कारबाही चुस्त हुने प्रहरी अधिकारीको भनाई छ ।