Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अन्तत: ओली नेतृत्वको प्यानलका लागि मत माग्न शंकरसँगसँगै प्रदीप

अन्तत: ओली नेतृत्वको प्यानलका लागि मत माग्न शंकरसँगसँगै प्रदीप

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेका प्रदीप ज्ञवाली अन्तत: ओली टिमलाई नै जिताउन लागिपरेका छन्।

एमालेका निवर्तमान उपमहासचिव ज्ञवालीले यसपाली महासचिव बन्ने आकांक्षा राखेका थिए। त्यसका लागी ज्ञवालीले महासचिवमा सशक्त दाबी पेस गरेका थिए। तर ओलीले शंकर पोखरेललाई नै दोहोर्‍याउने गरी उम्मेदवार बनाएपछि ज्ञवाली रिसाएर महाधिवेशन स्थलबाटै बाहिरिएका थिए।

तर, मंगलबार बिहानै ज्ञवाली समाजिक सञ्जालमा फेसबुकबाटै सिंगो ओली प्यानल र केन्द्रीय सदस्यमा आफूलाई जिताउन भन्दै मत मागेका छन् ।

उनले फेसबुकमा लेखेका छन्- 'नेकपा एमालेको आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु । म हमेशा तपाईंहरूकै बीचमा छु, त्यहीँ रहन्छु।'

उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले बन्दसत्र स्थल भृकुटीमण्डपमा गएर महासचिवको उम्मेदवार बनेका पोखरेल लगायतका नेताहरुलाई मत समेत मागिरहेका छन्।

उनले ओली नेतृत्वको टिम विजयी भए मात्र एमाले थप सुदृढ, एकताबद्ध र प्रभावकारी बन्ने धारणा राख्दै प्रतिनिधिहरूलाई सिङ्गो प्यानलमा मतदान गर्न आग्रह गरिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077