Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सबै प्रतिनिधिहरुलाई शंकर पोखरेलले भने - बिहान ८ बजेदेखि अधिवेशन स्थलमा आउनु, खाजा र खानाको व्यवस्था हुन्छ

सबै प्रतिनिधिहरुलाई शंकर पोखरेलले भने - बिहान ८ बजेदेखि अधिवेशन स्थलमा आउनु, खाजा र खानाको व्यवस्था हुन्छ

बुधवार , पौष २, २०८२

काठमाडौं । एमाले महासचिव पदका उम्मेदवार शंकर पोखरेलले सबै प्रतिनिधिहरुलाई बिहान ८ बजेदेखि अधिवेशन स्थलमा उपस्थित हुन अनुरोध गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आज मत हाल्न आउने प्रतिनिधिका लागि खाजा तथा खानाको व्यवस्था गरिएको पनि जानकारी दिएका हुन् ।

मंगलबारको मतदान आजका लागि सार्न वरिष्ठ उपाध्यक्ष (अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल) ले आयोगलाई अनुरोध गरेको उनि उनको भनाइ छ ।

उनले लेखेका छन्, 'निर्वाचन आयोगले तयार गरेको उम्मेद्वार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले त्यसलाई पुनः युनिकोडमा रूपान्तरण र रुजु गर्न समय लाग्ने प्राविधिक समस्या उत्पन्न भयो। यही कारण निर्वाचन मंगलबार सुरु गर्न नसकिएपछि आयोगको निर्देशनअनुसार मतदान बुधबार बिहानबाट सुरु गर्ने गरी स्थगित गरिएको हो। यद्यपि मतदान सार्न वरिष्ठ उपाध्यक्ष कमरेडले आयोगलाई अनुरोध गर्नु भएको थियो। सबै प्रतिनिधिहरुलाई बिहान ८ बजेदेखि अधिवेशन स्थलमा उपस्थित हुन अनुरोध छ। बुधबारका लागि खाजा तथा खानाको व्यवस्था गरिएको छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077