Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तीन करोड ७४ लाख बढी बैंक ज्ञारेन्टी बुझाएर रिहा भए रवि

तीन करोड ७४ लाख बढी बैंक ज्ञारेन्टी बुझाएर रिहा भए रवि

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् ।

उनी ३ करोड ७४ लाख ४४ हजारको बैंक ज्ञारेन्टी बुझाएर थुनामुक्त भएका हुन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसले धरौटी रकम (बैंक जमानत १ करोड) स्वीकार गर्नेलगायत विभिन्न सर्तहरूसहित थुनामुक्त गर्न आदेश दिएको थियो । 

आदेशमा भएका सर्तहरूका लागि उपस्थित भएर आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि लामिछाने थुनामुक्त भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077