Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

शनिवार , पौष ५, २०८२

दोलखा । स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित प्रहरीले दोलखाको भीमेश्वर नगरपालिका–७ बाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–२ का रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका–७ का शेरबहादुर राउत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार अपरान्ह शंकास्पद रूपमा झोलामा सामान बोकेर हिँडिरहेका उनीहरूलाई रोकी खानतलासी गर्दा १९ लाख ९२ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो ।

बरामद रकमको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077