Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

आइतवार , पौष ६, २०८२

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ः०० बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१०(०१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जिपका चालक माधव महरा घाइते भएका छन् ।

घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ । चालकसहित दुईजना मात्र सवार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077