Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘शाखा अधिकृत’ बनेर ठगी गर्ने नक्कली कर्मचारी पक्राउ

‘शाखा अधिकृत’ बनेर ठगी गर्ने नक्कली कर्मचारी पक्राउ

मंगलवार , पौष ८, २०८२

काठमाडौं । आफूलाई शाखा अधिकृत बताउँदै सरकारी कर्मचारीको नक्कली परिचय बनाएर ठगी गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले सोमबार ललितपुर–१५, थसिखेल घर भई हाल काठमाडौं–२२, झोछे बस्दै आएका २३ वर्षीय समन श्रेष्ठलाई पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार शाखा अधिकृतमा नियुक्ति पाएको झुटो कागजात तयार गरी त्यसको आधारमा फाइदा लिन खोजेको सूचनाका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी अनुसन्धानबाट श्रेष्ठले सिंहदरबारलगायत विभिन्न सरकारी निकायमा पुगेर आफूलाई उच्च ओहदाको कर्मचारीको रूपमा परिचय दिने, प्रत्यक्ष भेटघाट तथा फोनमार्फत सरकारी कर्मचारी भएको दाबी गरी सर्वसाधारणलाई प्रभावमा पार्ने गरेको खुलेको छ।

उनले आर्थिक लाभ लिई ‘जागिर लगाइदिन्छु’ भनी विभिन्न व्यक्तिहरूलाई झुक्याउँदै आएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका श्रेष्ठमाथि आवश्यक अनुसन्धान अघि बढाइएको र ठगीसँग सम्बन्धित कसुरमा मुद्दा दायरको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077