Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली पुगेका आईजीपी कार्कीको निर्देशन - पेण्डिङ मुद्दाहरू फर्छ्यौट र फरार प्रतिवादी पक्राउ गर्नू

कर्णाली पुगेका आईजीपी कार्कीको निर्देशन - पेण्डिङ मुद्दाहरू फर्छ्यौट र फरार प्रतिवादी पक्राउ गर्नू

मंगलवार , पौष ८, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय हुन निर्देशन दिएका छन् ।

मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालय एवम् मातहत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।

उनले भौगोलिक जटिलताको बाबजुद उपलव्ध सीमित स्रोत साधन र जनशक्तिको उच्चतम उपयोग गरी समग्र प्रदेशमा शान्ति सुव्यवस्था अमन चयन कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् एवम् ट्राफिक व्यवस्थापन लगायतका कार्यमा प्रहरी कर्मचारीहरूले देखाएको व्यावसायिकता र निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

साथै लागू औषध कारोबार, सवारी दुर्घटना, आत्महत्या, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध, चोरी पैठारी जस्ता गतिविधिहरू हालको परिवेशमा चुनौति भएकोले यस्ता गतिविधिलाई न्यूनिकरण तथा नियन्त्रणको लागि समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन थप सक्रिय लगायत प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भए रहित तरिकाले सम्पन्न गर्न प्रहरी कर्मचारीहरूले आचरण व्यवहारलाई सुदृढिकरण गर्दै पारदर्शी रूपमा उत्कृष्ट ढंगले व्यवसायिकता प्रदर्शन गरी कार्य सम्पदान गर्न पनि आईजीपी कार्कीले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरू लगायत यस कार्यालय मातहतका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरूका साथै प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077