Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बालेनसंगको भेटपछि ज्ञानेन्द्र शाही भन्छन्- बालेनजीले युवाशक्तिहरू एकजुट भएर जाऊँ भन्नुभयो

बालेनसंगको भेटपछि ज्ञानेन्द्र शाही भन्छन्- बालेनजीले युवाशक्तिहरू एकजुट भएर जाऊँ भन्नुभयो

बिहिवार , पौष १०, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाही र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।

बुधबार बेलुका बालेनका सल्लाहकार कुमार बेनको घरमा भेटवार्ता भएको प्रवक्ता शाहीले जानकारी दिए ।

भेटमा मेयर बालेनले युवाशक्ति मिलेर जाने प्रस्ताव गरेको शाहीले बताए।

उनले भने- 'बालेनजीले युवाशक्तिहरू एकजुट भएर जाऊँ भन्नुभयो। हिजो सँगै हो, आज पनि सँगै काम गरौँ भन्ने छ। जहाँ भए नि एकजुट हुनुपर्‍यो ।'

निर्वाचन नजिकिएसंगै मेयर बालेनले आफ्नै नेतृत्वमा राजनीतिक दल सक्रिय बनाउने लक्ष्यका साथ उनले सक्रियता बढाएका छन् । बुधबार राति अबेरसम्म चलेको छलफलमा सिके राउत, रेशम चौधरी, डा. भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरी समेत छलफलमा सहभागी थिए ।

छलफलको क्रममा बालेनले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टी र चुनाव चिन्ह लौरो नै प्रयोग गर्ने गरी टिम बनाएर अघि बढ्न लागेको सुनाएका थिए ।

यसअघि सोमबार राति कमलपोखरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र मेयर बालेनबीच पनि छलफल भएको थियो ।छलफलमा सरकार र पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा प्रस्ताव राखिएको थियो । प्रस्तावअनुसार अहिलेको सरकारले नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले गर्ने छलफल भएको थियो । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले सम्हाल्ने र बालेनले सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

यसैबीच आज पनि मेयर बालेन विभिन्न व्यक्तिहरूसँग छलफलमा जुटेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077