Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कास्की–३ मा नेकपाबाट प्रचण्डसँगै बुहारी सिर्जना पनि सिफारिस

कास्की–३ मा नेकपाबाट प्रचण्डसँगै बुहारी सिर्जना पनि सिफारिस

बिहिवार , पौष १०, २०८२

कास्की । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी, कास्की क्षेत्र नम्बर ३ ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फको उमेदवारका रूपमा सिफारिस गरेको छ ।

बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले प्रचण्डको नाम एक नम्बरमा राखेर जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो । प्रचण्डसँगै उनकी बुहारी सिर्जना त्रिपाठीले पनि सोही क्षेत्रबाट दाबेदारी प्रस्तुत गरेकी छन् ।

दाबेदारी प्रस्तुत गर्ने अन्य नेताहरूमा पूर्वप्रदेश सांसद रामजी बराल, संविधानसभा सदस्य दुर्गा विक, बलराम सुवेदी, भानु अधिकारी र भोजराज पौडेललगायत रहेका छन् ।

उम्मेदवारको अन्तिम टुंगो भने पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077