Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नाइजेरियामा इस्लामिक स्टेटविरुद्ध अमेरिकाले गर्‍यो हवाई हमला

नाइजेरियामा इस्लामिक स्टेटविरुद्ध अमेरिकाले गर्‍यो हवाई हमला

शुक्रवार , पौष ११, २०८२

एजेन्सी । अमेरिकाले उत्तर–पश्चिम नाइजेरियामा सक्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसआईएस) विरुद्ध शक्तिशाली सैन्य कारबाही गरेको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै नाइजेरियामा इसाइ समुदायमाथि भइरहेको क्रुर हत्यामा संलग्न आतंककारीहरूलाई लक्षित गरी हमला गरिएको बताए । उनका अनुसार यो कारबाही अमेरिकी रक्षा मन्त्रालयले सञ्चालन गरेको हो।

सीएनएनका अनुसार, अमेरिकी अफ्रिका कमान्ड (युएस अफ्रिकम)ससँग सम्बन्धित ठेगानाहरूलाई निशाना बनाइएको बताइएको छ।

उनले अमेरिकाले आफ्नो नेतृत्वमा कट्टर इस्लामिक आतंकवादलाई कहिल्यै फस्टाउन नदिने स्पष्ट पार्दै, इसाइहरूको हत्या जारी रहे यस्ता कारबाही अझै थपिने चेतावनी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077