Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको प्रचण्डको दाबी

साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको प्रचण्डको दाबी

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविकता र सार्थक अर्थ भएको बताएका छन् ।

माओत्सेतुङको १३३ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले विश्व कम्युनिस्ट आन्दोलनका महान नेता माओ जयन्तीको अवसरमा सम्मुन्नत समाजको आकांक्षा बोकेका सम्पूर्ण क्रान्तिकारी शक्ति तथा जनसमुदायलाई शुभकामना दिँदै यस्तो बताएका हुन्।

‘माओलाई स्मरण गर्दा एउटा बिर्सिनै नहुने सत्य के हो भने अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक र राजनीतिक सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल हुन सक्दैन’, शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, ‘विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविक र सार्थक अर्थ पनि हो।’

उनले माओ दिवसको अवसरमा सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपीलसमेत गरेका छन्।

सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भएको पनि उनले उल्लेख गरेका छन् । 'यस प्रक्रियाले हाम्रो वैचारिक स्पष्टता, सङ्गठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्नु कम्युनिस्ट क्रान्तिकारीहरूको कार्यभार बनेको छ', प्रचण्डले भनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077