Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उज्यालो नेपाल–प्रलोपाको चुनावी तालमेल, साँझ ६ बजे सम्झौतामा हस्ताक्षर

उज्यालो नेपाल–प्रलोपाको चुनावी तालमेल, साँझ ६ बजे सम्झौतामा हस्ताक्षर

आइतवार , पौष १३, २०८२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच आगामी निर्वाचनका लागि चुनावी सहकार्य हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सहमति नगरेका कुलमान घिसिङ अब प्रलोपासँग चुनावी तालमेल गर्न लागेका हुन्।

स्रोतका अनुसार दुई पार्टीबीच आज साँझ ६ बजे सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन्।

जनार्दन शर्मा उर्जामन्त्री रहँदा नै कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेका थिए।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077