Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माली र बुर्किना फासोले लगाए अमेरिकी नागरिकको प्रवेशमा रोक

माली र बुर्किना फासोले लगाए अमेरिकी नागरिकको प्रवेशमा रोक

बिहिवार , पौष १७, २०८२

एजेन्सी । पश्चिम अफ्रिकी मुलुक माली र बुर्किना फासोले अमेरिकी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न नदिने निर्णय गरेका छन् ।

यसअघि ट्रम्प प्रशासनले यी दुई देशमाथि यात्रा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्युत्तरस्वरूप माली र बुर्किना फासोले प्रतिवन्धात्मक कदम चालेका हुन्।

बुर्किना फासोका विदेशमन्त्री करामोको झाँ–मारी त्राओरेले सरकार ‘पारस्परिकताको सिद्धान्त’ अर्थात् बदला सिद्धान्तअनुसार अघि बढिरहेको स्पष्ट पारे। उनका अनुसार एकतर्फी प्रतिबन्ध स्वीकार्य नहुने भन्दै समान व्यवहारका आधारमा निर्णय लिइएको हो।

त्यस्तै, मालीको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘आपसी सम्मान र सार्वभौम समानता’को सिद्धान्तलाई आधार मानेर निर्णय गरिएको जनाएको छ। मन्त्रालयले कुनै पनि देशले अर्को देशको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्न नहुने धारणा पनि व्यक्त गरेको छ।

यसअघि केही दिनअघि छिमेकी देश नाइजरले पनि अमेरिकामाथि यस्तै यात्रा प्रतिबन्ध लगाएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077