Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कालीकोटबाट चुनाव लड्ने प्रचण्डको संकेत, एकल नाम सिफारिस

कालीकोटबाट चुनाव लड्ने प्रचण्डको संकेत, एकल नाम सिफारिस

बिहिवार , पौष १७, २०८२

कालीकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटले पूर्वप्रधानमन्त्री तथा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

नेकपा कालीकोटका केन्द्रीय सदस्यहरूको बैठकले प्रचण्डलाई प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा अघि सारेको हो ।

बैठकले प्रचण्डको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको नेकपा केन्द्रीय सदस्य प्रकाश रोकायाले जानकारी दिए ।

उनका अनुसार कालीकोट जिल्लाबाट पार्टीको आधिकारिक उम्मेदवारका रूपमा प्रचण्डलाई अघि बढाउने निर्णय गरिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077