काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयअघि सुरु भएको हो ।
बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषयहरू तथा विशेष महाधिवेशनको बढ्दो दबाबका विषयमा गम्भीर छलफल हुनेछ ।
पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ ।
बैठकले महाधिवेशन, क्रियाशील सदस्यता विवाद र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर निर्णय लिनेछ ।