Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुईदिने दिल्ली भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

दुईदिने दिल्ली भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

सोमवार , पौष २१, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्लीको दुईदिने भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किएका छन् । उनी एयर इन्डियाको जहाजमार्फत काठमाडौं आइपुगेका हुन्।

भ्रमणका क्रममा संयोजक प्रचण्ड नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियममा आयोजित ८‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी बनेका थिए।

उक्त कार्यक्रममा उनले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्त्व र नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने आवश्यकताबारे आफ्नो धारणा स्पष्ट पारे ।

कार्यक्रममा भारतका विभिन्न राज्यबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले प्रवासी नेपालीका अधिकार, सम्मान, एकता, संगठन सुदृढीकरण तथा भविष्यका कार्यदिशाबारे गहन छलफल गरेका थिए।

यस्तै प्रचण्डले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरेका थिए । प्रचण्डले दिल्ली उत्रिएलगत्तै आइतबार साँझ होटल ताजमान सिंहमा डोभालसँग भेट गरेको खुलेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077