Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसको कार्यसम्पादन समिति बैठक सारियो, अब दिउँसो १ बजे बस्ने

कांग्रेसको कार्यसम्पादन समिति बैठक सारियो, अब दिउँसो १ बजे बस्ने

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसको आज बिहान बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसोका लागि सारिएको छ ।

यसअघि बिहान ११ बजे बस्ने तय भएको बैठक अब दिउँसो १ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने जनाइएको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका आन्तरिक गतिविधि तथा आगामी कार्यदिशाबारे छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077