Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले १० जना एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका रामप्रकाश शाह रहेका छन् ।

त्यसपछि क्रमशः भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिंह चौधरी र नकुल पोखरेल बढुवा सिफारिस सूचीमा परेका छन्।

यसैगरी दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा पनि एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिले कार्यसम्पादन मूल्यांकन, वरिष्ठता, सेवा अवधि तथा अनुशासनलाई मुख्य आधार मानेर सिफारिस गरेको जनाइएको छ । अब मन्त्रिपरिषद्‌बाट स्वीकृति पाएसँगै उनीहरू एसएसपी पदमा औपचारिक रूपमा बढुवा हुनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077