Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सञ्जय दत्तसँगको फोटो सेयर गर्दै प्रचण्डले भने–निकै रमाइलो भयो

सञ्जय दत्तसँगको फोटो सेयर गर्दै प्रचण्डले भने–निकै रमाइलो भयो

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता सञ्जय दत्तले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । निजी जेट लिएर विहिबार अपरान्ह दुबईबाट काठमाडौं आएका दत्तले हिजै प्रचण्डसँग भेट गरेका थिए ।

दाहालकी नातिनी स्मिताको विवाहमा आउन नपाएको र चाँडै आउने वचन दिएका उनी यसपटक भने आउने वित्तिकै प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा दत्तसँगको फोटो सेयर गर्दै भेटघाट रमाइलो भएको बताएका छन् ।

उनले लेखेका छन्–‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। ‘मुन्ना भाई MBBS’ मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु। उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद् र सुखमय रहनेछ।’

अभिनेता दत्त ठमेलस्थित होटल बाराहीले संचालनमा ल्याएको बादशाह क्यासिनो उद्घाटनका लागि नेपाल आएका हुन् । उनले हिजै बादशाह क्यासिनो उद्घाटन गरेका थिए ।

आज दिल्ली फर्किनु अघि उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । कडा सुरक्षाबीच दत्त दर्शनको लागि पशुपतिनाथको मन्दिरमा पुगेका उनले विशेष पूजा गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077