Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विद्यमान राजनीतिक अस्थिरता, अन्योलता र गहिरिँदो आर्थिक सङ्कटको समाधानका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नैपर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा दाहालले संसद् पुनःस्थापनाको बहसमा अल्झिनुभन्दा भयरहित वातावरणमा निर्वाचन गराउन सबै राजनीतिक दल संवेदनशील हुनुपर्नेमा जोड दिए ।

उनले सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर निष्पक्ष र विश्वसनीय चुनावी वातावरण बनाउनुपर्ने उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्ट शक्तिबीच एकता अहिलेको अपरिहार्य आवश्यकता भएको भन्दै वैचारिक रूपमा नजिक रहेका वाम शक्तिबीच ध्रुवीकरण प्रक्रिया सुरु भइसकेको दाबी गरे ।

उनले राष्ट्रिय स्वाधीनताको रक्षा, देश विकास र जनताको हितमा काम गर्ने क्षमता कम्युनिष्ट शक्तिसँग भएकाले तिनलाई एकताबद्ध गर्नु आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र जनसमृद्धिप्रति पार्टी प्रतिबद्ध रहेकाले अहिले देशभर नेपाली कम्युनिष्ट पार्टीप्रति जनविश्वास बढ्दै गएको दाबी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077