Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाल प्रहरी खरानीबाट उठेर नागरिक सुरक्षामा खटिएको छ: आइजीपी कार्की

नेपाल प्रहरी खरानीबाट उठेर नागरिक सुरक्षामा खटिएको छ: आइजीपी कार्की

शनिवार , पौष २६, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षाका लागि खटिएको बताएका छन्।

शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रहरी कर्मचारीहरूले दुःखको अवस्थामा आफ्नो दायित्ववोध गरेर अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिकको सुरक्षालाई प्राथमिक रुपमा दिनुपर्ने दायित्ववोधका साथ काम गरिरहेको बताए।

उनले भने- ‘प्रहरी कर्मचारीहरू अभावमा खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा पनि नागरिक सुरक्षाaलाई प्राथमिकतामा राख्दै काम गरिरहेका छन् । कुनै पनि व्यक्तिगत इच्छा, आकांक्षा र इन्द्रिय सुखभन्दा माथि उठेर नागरिक सुरक्षामा खटिनु हाम्रो दायित्व हो ।’

उनले सबैलाई जिम्मेवार र सभ्य नागरिक बन्न प्रेरित गर्दै कानुन कार्यान्वयनले कानुनी शासन, कानुनी शासनले सुशासन, सुशासनले समृद्धि र समृद्धिबाट सभ्यता कायम हुने विश्वास व्यक्त गरे ।

साथै कुनै पनि व्यक्तिगत इच्छा,आकंक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लाग्न निर्देशन दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077