Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले आक्रमण गरेमा कडा जवाफ दिने इरानको चेतावनी

अमेरिकाले आक्रमण गरेमा कडा जवाफ दिने इरानको चेतावनी

सोमवार , पौष २८, २०८२

एजेन्सी । अमेरिकाले आफूमाथि आक्रमण गरे कडा जवाफ दिने इरानले चेतावनी दिएको छ ।

बीबीसीका अनुसार इरानको अवस्था यतिबेला अत्यन्तै भयावह बनेको छ ।

अमेरिकी मानव अधिकार संस्था एचआरएनएका अनुसार अहिलेसम्म ४ सय ९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको ज्यान गएको पुष्टि भइसकेको छ भने झन्डै १० हजार ६ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान स्वतन्त्रता चाहेको भन्दै अमेरिका सहयोग गर्न तयार रहेको बताए ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077