Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानसँग कारोबार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क

इरानसँग कारोबार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क

मंगलवार , पौष २९, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले उक्त निर्णय ‘तत्काल लागू हुने’ स्पष्ट पारेका हुन्।

तर, ट्रम्पले ‘इरानसँग कारोबार’ भन्नाले के–कस्ता व्यापारिक वा आर्थिक गतिविधि समावेश हुने भन्नेबारे ठोस व्याख्या गरेका छैनन्। यसले विश्वव्यापी व्यापार प्रणालीमा अन्योल र चिन्ता थपेको छ।

इरानका प्रमुख व्यापारिक साझेदारमध्ये चीन पहिलो स्थानमा रहेको छ भने त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र भारत रहेका छन्। ह्वाइट हाउसले कुन–कुन देशका आयात सबैभन्दा बढी प्रभावित हुनेछन् भन्ने विषयमा भने थप विवरण सार्वजनिक गरेको छैन।

यो निर्णय इरानमा जारी सरकारविरोधी प्रदर्शन तेस्रो सातामा प्रवेश गरिरहेका बेला आएको हो। प्रदर्शन चर्किंदै जाँदा यसअघि ट्रम्पले प्रदर्शनकारीको मृत्यु भएमा सैन्य हस्तक्षेप गर्न सकिने चेतावनीसमेत दिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077