Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रश्न गर्नु विद्रोह हो, मौनता मृत्युलाई अँगाल्नु जस्तै : गगन थापा

प्रश्न गर्नु विद्रोह हो, मौनता मृत्युलाई अँगाल्नु जस्तै : गगन थापा

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र प्रश्न उठाउनु विद्रोह ठानिने अवस्था आएको भन्दै यस्तो परिस्थितिमा मौन बस्नु मृत्युलाई अँगाल्नु सरह हुने टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरू पार्टी फुटाउन नभई पार्टीलाई रूपान्तरण गर्न, सुदृढ बनाउन र जिवन्त राख्नका लागि प्रश्न गरिरहेको स्पष्ट पारे ।

‘प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो। कहिलेकाहीँ मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो,’ थापाले भने, ‘हामीले उठाएका प्रश्नहरू कुनै व्यक्तिगत स्वार्थका लागि होइनन्।’

कांग्रेसको ऐतिहासिक योगदान स्मरण गराउँदै महामन्त्री थापाले गणेशमान सिंह, सुवर्ण शमशेर, बीपी कोइराला र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले व्यक्तिगत सुखसयल, सुविधा र पारिवारिक पृष्ठभूमि त्यागेर प्रश्न उठाएकै कारण पार्टी स्थापना र लोकतन्त्रको जग बस्न सकेको तर्क गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077