Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवा र दुई महामन्त्रीबीच आज छलफल

देउवा र दुई महामन्त्रीबीच आज छलफल

बुधवार , पौष ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच आज भेट हुने भएको छ ।

विशेष महाधिवेशन र संस्थापन पक्षबीचको वार्ता निष्कर्षमा नपुगेको तथा निर्वाचन प्रक्रिया अघि बढिरहेको संवेदनशील अवस्थामा शीर्ष नेताहरूबीच भेट हुन लागेको हो ।

सभापति देउवाले बिहान ८ बजे छलफलका लागि दुई महामन्त्रीलाई बोलाएको बताइएको छ । सोमबार कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका नेताहरू सभापति देउवाको निवासमै पुगेर दुई महामन्त्रीसँग प्रत्यक्ष संवाद गर्न सुझाएका थिए।

संस्थापन पक्षले लचकता देखाएपछि महामन्त्रीहरू पनि लचक हुन सक्ने सुझाव आएपछि सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसलाई सकारात्मक रूपमा लिएका थिए।

यसैबीच, छलफललाई निर्णायक बिन्दुमा पुर्‍याउने उद्देश्यले मंगलबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सारेर बुधबार बिहानका लागि तय गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077