Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड भन्छन् - निर्वाचनको स्वार्थ देखाएर भएका एकताको कुनै महत्त्व हुँदैन

प्रचण्ड भन्छन् - निर्वाचनको स्वार्थ देखाएर भएका एकताको कुनै महत्त्व हुँदैन

बुधवार , पौष ३०, २०८२

काठमाडौं । काठमाडौंमा बुधबार भएको पार्टी समायोजन कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले निर्वाचनको स्वार्थ देखाएर गरिने एकताको कुनै वास्तविक अर्थ नभएको बताएका छन् ।

कार्यक्रममा सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहसँग नेकपाले समायोजन गरेको अवसरमा प्रचण्डले अब काठमाडौं उपत्यकामा पार्टीको चुनाव जित्ने आधार पूर्णतया तयार भएको बताए ।

प्रचण्डले अब ठूलो सभाहरू भन्दा जनताको घरदैलोमा गएर उनीहरूको समस्या सुन्नुपर्नेमा जोड दिए। उनले पुराना गल्तीबाट सिकेर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउन चाहेको पनि बताए ।

नेकपाका सहसंयोजक माधव कुमार नेपालले विभिन्न समयमा सरकारमा रहँदा भएका राम्रा कामको प्रचार गर्दै कमीकमजोरीको जिम्मा लिएर जनतामाझ जाने प्रतिबद्धता जनाए ।

उनले पार्टी सामूहिकतामा विश्वास गर्ने भएकाले कसैले पनि पार्टीमा एक्लोपन महसुस गर्न नहुने र नेपाली जनताको आशा–भरोसाको केन्द्रको रूपमा पार्टीलाई स्थापित गर्न एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077