Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने अमेरिकाको निर्णय

नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्ने अमेरिकाको निर्णय

बिहिवार , माघ १, २०८२

एजेन्सी । अमेरिकाले आगामी जनवरी २१ (माघ ७) देखि नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।

अमेरिकी विदेश मन्त्रालयको ज्ञापनपत्रका आधारमा गरिएको निर्णयको प्रमुख उद्देश्य अमेरिका आउने विदेशीहरुको संख्या घटाउनु रहेको फक्स न्युजले जनाएको छ।

यस निर्णयअनुसार आप्रवासी भिसा प्रक्रियामा रोक लगाइने ७५ मुलुकको सूचीमा एसियाली महादेशका २२ देश पनि परेका छन्, जसमा नेपाल, अफगानिस्तान, आर्मेनिया, अजरबैजान, बंगलादेश, भूटान, बर्मा (म्यानमार), कम्बोडिया, इरान, इराक, जोर्डन, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्याण्ड, उज्बेकिस्तान र यमन रहेका छन्।

आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने उद्देश्यले दिइने भिसा हो, जसले त्यहाँ दीर्घकालीन बसाइ, परिवार पुनर्मिलन, र कामक्षेत्रमा अवसर प्राप्ति जस्ता अधिकार दिन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077