Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसएसपीको पदस्थापनसँगै सरुवाको तयारी

एसएसपीको पदस्थापनसँगै सरुवाको तयारी

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)को पदस्थापनसँगै सरुवाको गृहकार्य अघि बढेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहितका केही कार्यालयको नेतृत्व पनि परिवर्तन हुँदैछ।

गत २३ पुसमा १० एसपीको एसएसपीमा बढुवा सिफारिस भएको थियो। उजुरीका लागि एक साताको समय सकिएकाले आजै बढुवा गरेर पदस्थापनको सम्भावना छ।

बढुवा हुनेहरूमा रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, श्यामसिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर बिष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा छन्। उनीहरुको पदस्थापन र सरुवा एकैपटक गर्न लागिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जान धेरै एसएसपीको जोड छन्। जसमा प्रमुख दाबेदारका रुपमा दयानिधी ज्ञवालीलाई हेरिएको छ।

सोही ब्याचका अजय केसी जसरी पनि त्यहाँ जान शक्तिकेन्द्र धाइरहेको सूचना प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पाएका छन्। केही तालिम केन्द्रका प्रमुख पनि यसपटक हेरफेर हुँदैछन्।

एसएसपीको बढुवासँगै एसपीको पनि सरुवा गर्न लागिएको छ। मकवानपुरका एसपी बोहरा बढुवासँगै त्यहाँ खाली हुँदैछ। त्यस्तै, कार्यदलका एसपी ऋषिराम कँडेल पनि बढुवा हुँदैछन्।

ती निकायसहित कमजोर कार्यसम्पादन देखिएका केही एसपीलाई हटाउने तयारी प्रहरी प्रधान कार्यालयको छ।

निर्वाचनलाई लक्षित गरी संवेदनशील जिल्लामा सक्षम अधिकृतलाई पठाउन लागिएको छ। निर्वाचनको समय भएकाले यसपटक क, ख र ग वर्गको मापदण्ड पनि कार्यान्वायन नहुने सम्भावना छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077