Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका १० जना एसएसपीले लगाए दर्ज्यानी चिन्ह

नेपाल प्रहरीका १० जना एसएसपीले लगाए दर्ज्यानी चिन्ह

शुक्रवार , माघ २, २०८२

काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

शुक्रबारको गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका उनीहरुलाई आईजीपी दान बहादुर कार्कीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने एसएसपीहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको सेवा, व्यवसायिक समर्पण, अनुशासन र निष्ठाको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतीसँगै पदिय दायित्व र जिम्मेवारी समेत बढ्दै जाने हुँदा बढुवा संगै प्राप्त थप जिम्मेवारीमा आफुलाई अब्बल प्रमाणित गर्नुहुने छ भन्ने अपेक्षा रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्वक र भयरहित तरिकाले सम्पन्न गर्न सूचना सङ्कलनलाई प्राथमिकता दिई, सुरक्षा खतराहरूको पहिचान गरी थप सक्रिय र उर्जावान भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले प्राप्त जिम्मेवारीलाई व्यवसायिक निष्ठाका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077