Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनाव घोषित मितिमै हुन्छ, मैले टिकटसमेत बाँडिसकेँ : प्रचण्ड

चुनाव घोषित मितिमै हुन्छ, मैले टिकटसमेत बाँडिसकेँ : प्रचण्ड

शुक्रवार , माघ २, २०८२

चितवन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आम निर्वाचन घोषित मितिमै हुने स्पष्ट पार्दै चुनाव सर्ने आशंका नगर्न आग्रह गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मुलुक जटिल र चुनौतीपूर्ण परिस्थितिमा रहे पनि त्यसको समाधान लोकतान्त्रिक प्रक्रियाबाट मात्रै सम्भव हुने बताएका हुन् । उनका अनुसार वर्तमान संकटको एकमात्र विकल्प निर्वाचन हो ।

उनले आफूले प्रत्यक्षतर्फको निर्वाचनका लागि टिकट वितरण प्रक्रिया सुरु गरिसकेको उल्लेख गर्दै निर्वाचन हुने–नहुने बहसमा अल्झिनुको सट्टा सबै दल र नागरिकलाई तयारीमा जुट्न आग्रह गरे।

'मैले त आफ्नो दलको तर्फबाट हिजोदेखि टिकट बाँड्न सुरु गरिसकेँ। हिजो काठमाडौंमा टिकट बाँडेर आएको हुँ,' प्रचण्डले भने, 'सरकारले आफ्नो काम गरिरहेको छ, राजनीतिक दलहरू अघि बढिरहेका छन् र जनता पनि चुनावी मानसिकतामा पुगिसकेको अवस्थामा चुनाव हुन्छ। चुनाव हुन्छ कि हुन्न भन्ने प्रश्न मनमा ल्याउनुभन्दा राम्रो तयारीका साथ अगाडि बढ्नुपर्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077