Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत जाने

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत जाने

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

सानेपामा आज बसेको देउवा पक्षको बैठकले गगन थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई आधिकारिक मान्ने निर्णयलाई चुनौती दिने निर्णय गरेको हो ।

बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

उनले भने- 'उपस्थित संख्या समेत नहेरी दूषित मनसायले एकलौटी त्यो निर्णय गरेको छ। एकपक्षीय रूपमा गलत निर्णय गरिएको छ। यसले कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने जोखिम छ। विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी काँग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसाय देखिन्छ।'

बैठकले भोलि नै सर्वोच्च अदालतमा जान तयार रहेको जानकारी दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077