काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ ।
आसन्न निर्वाचनका लागि उम्मेदवार तय गर्ने मुख्य एजेन्डासहित बैठक बोलाइएको हो ।
पार्टीले यसअघि नै जिल्ला कमिटी र प्रदेश कमिटीबाट निर्वाचनका लागि उम्मेदवार चयनसम्बन्धी सिफारिस प्राप्त गरिसकेको छ ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । ती सिफारिसका आधारमा सचिवालय बैठकमा छलफल गरी अन्तिम टुंगो लगाउने तयारी रहेको बताइएको छ ।
प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुँदैछ ।
यसका साथै बैठकमा कांग्रेस विभाजनलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन शाहीले जानकारी दिए ।
पार्टीको आगामी रणनीति र चुनावी तयारीलाई थप व्यवस्थित बनाउने विषयमा समेत बैठक केन्द्रित रहेको जनाइएको छ ।