काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
महाराजगञ्जस्थित देउवा निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए ।
उनीहरुबीच पार्टी सुदृढीकरणका विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका विषयमा पनि छलफल भएको थियो ।
निर्वाचन आयोगले शुक्रबार विशेष महाधिवेशनलाई मान्यता दिएसँगै थापा कानुनी रूपमा नेपाली कांग्रेसको सभापति बनेका हुन् । यद्यपि, देउवा समूहले आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।