Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ११ एसएसपीको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका ११ एसएसपीको सरुवा [सूचीसहित]

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसएसपीहरुको सरुवा भएको छ । शुक्रबारको गृहमन्त्रीस्तरको निर्णयानुसार जनपद समूह तर्फका ११ एसएसपीहरुको सरुवा गरिएको हो ।

सरुवा हुनेहरूमा केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन् ।

केदार खनाललाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, कास्कीमा सरुवा गरिएको छ । उनी कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा बिरेन्द्रनगर, सुर्खेतमा कार्यरत थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा बिराटनगर, मोरङमा कार्यरत दिपक पोखरेललाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देही पठाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरता रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने सन्तोष खड्कालाई पठाइएको छ ।

खड्का गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरता सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।

त्यस्तै प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई विमानस्थलमा सरुवा गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077